विजय भट्टराई झापा |झापाको बिर्तामोड १ स्थित देवी पन्चकन्या नागरिक समुहले राष्ट्रिय धान दिवस तथा असार पन्ध्र भव्य रुपले मनाएर शुभकामना आदानप्रदान गरेको छ ! मौलिक चाडपर्व तथा संस्कृतिको जगेर्ना गर्ने र आपसमा भाइचारा बढाउने आशयका साथ आयोजना गरिएको कार्यक्रममा टोलबासीको उलेख्य सहभागिता रहेको थियो |

स्थानीय समाजसेवी तथा अगुवाहरु जनक खड्का, हेमकुमार कडरिया , भेषराज पाण्डे, केदार अधिकारि, गोविन्द दुलाल, तिर्थराज खरेल, डिल्लीराम थपलिया, किशोर खरेल लगायतका समाजसेवीहरुको अगुवाहिमा आयोजना गरिएको कार्यक्रममा उपस्थित स्थानीयबासीहरुले गच्छे अनुसारको सहयोग गर्दै, रमाउँदै दही चिउरा, आँप केरा लगायतका परिकारहरु खाएर शुभकामना आदानप्रदान गरेका थिए |
समाजप्रतिको सामाजिक उत्तरदायित्व बहन गर्दै आपसमा एकताको सुत्रले बाँध्ने यस्ता मौलिक चाडपर्व र सांस्कृतिक कार्यक्रम विगतमा पनि नागरिक समाजले आयोजना गरेको थियो र भविष्यमा पनि गर्दै जाने बताइएको छ |

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय