विजय भट्टराई बिर्तामोड | पछिल्लो समय नेपालमा केहि हुन्न, गर्न सकिदैन भन्ने भाष्यलाई चिर्दै बिर्तामोडका दुई युवा व्यवसायी नारायण लुइंटेल तथा मेकानिकल इन्जिनियर मो. नसिम अलिले सवारीसाधनको इन्जिनलाई आधुनिक प्रविधिबाट सफाई गर्ने नयाँ वर्कशप संचालनमा ल्याएका छन् | बिर्तामोडमै पहिलोपटक जर्मन प्रविधिको अत्याधुनिक एच एच ओ कार्बन क्लिनिंग सर्भिस सेन्टरको रुपमा इन्जिन डाक्टर नामक फर्म आजबाट औपचारिक रुपमा संचालन भएको हो |
लामो समयसम्म सवारीसाधनको इन्जिनमा जमेर रहेको कार्बनलाई अत्याधुनिक मेसिनबाट आधाघन्टामै पूर्ण सफाई गर्न सकिने प्रविधि आएपछि सवारी धनिहरुको चासो समेत बढेको छ | यो प्रविधिबाट समयको बचत, पैसाको बचत तथा
स्वच्छ वातावरण प्रवर्धनमा समेत मुख्य भूमिका खेल्ने संचालक नारायण लुइटेलले बताएका छन् |
पछिल्लो समय पूर्वकै प्रमुख शहर बिर्तामोडमा सवारीको चाप, प्रदुषण र मर्मतको लागि ग्यारेजमा घन्टौं पर्खनुपर्ने बाध्यता अब यो प्रविधि भित्रिएपछि कम हुने अपेक्षा गरिएको छ |

