कोशी नदीमा पानीको बहाव बढेपछि ब्यारेजका ५६ ढोका खुला गरिएको छ। कोशी ब्यारेजमा अहिले खतराको संकेतको रातो बत्ती बालिनुका साथै राती झण्डा देखाइयो छ।
कोशी नदीमा पानीको बहाव एक लाख ५० हजार काट्ने बित्तिकै सर्वसाधारणलाई सचेत गर्नका निम्ति कन्ट्रोल कक्षमाथि रातो बत्ती बाल्ने गरिन्छ।
कोशी ब्यारेज कन्ट्रोल रूमका अनुसार सन १९६८ मा सात लाख ८८ हजार २ सय क्युसेक पुगेको थियो। जुन अहिलेसम्मकै सबैभन्दा उच्च हो। सन् १९८७ मा पाँच लाख २३ हजार सात सय ७१ क्युसेक पुगेको थियो।
कोशी ब्यारेज बेनपछिको सुरुवाती वर्षहरूमा कोशी नदीमा बालुवाको सतह कम थियो। वर्षाको पानी माथिबाट गेग्रान बोकेर आउदैन्थ्यो। र, बहाव बढ्दा पनि बाँध र पुलमा जोखिम कम हुन्थ्यो। तर, पछिल्ला वर्षहरूमा वर्षा हुँदा पानी भन्दा अधिक गेग्रान बोकेर कोशीमा बाढी उर्लिदा जोखिम बढाउने गरेको जलाधार विज्ञहरू बताउँछन्। अझ, कोशी पुल निश्चित आयु पनि पार गरिसकेकोले खतरा जोखिम झन् बढाएको छ।

