बिर्तामोड | झापा जिल्लाको बिर्तामोड १ मा अवस्थित प्रदेश १ कै ठुलो कैलाशेश्वर महादेवको प्रतिमा स्थलमा आयोजना हुने नवरात्र दुर्गा पूजालाई लक्षित गर्दै देवी पन्चकन्या नागरिक समाजले बाटोघाटो मर्मत र सरसफाई कार्य सम्पन्न गरेको छ | स्थानीय डा प्रमोद रायको अगुवाहिमा भएको उक्त कार्यमा स्थानीय समाजसेवीहरुको सहयोग रहेको समाजसेवी हेम कुमार कडरियाले जानकारी दिनुभएको छ |
कैलाशेश्वर महादेव स्थल जाने मुख्य बाटोको दायाँ बायाँ सरसफाई, बिभिन्न शाखा बाटोहरु सफाई लगायत सडकका खाल्डा हरु समेत मर्मत भएका छन् | उक्त कार्य सम्पन्न गर्न बिहानै देखि स्थानीय जनक खड्का, सोमनाथ पौडेल, किशोर खरेल , हेम कुमार कडरिया , केदार अधिकारी , डिल्लीराम थपलिया, विजय भट्टराई लगायतको भौतिक सहयोग तथा डा प्रमोद राय लगायतका समाजसेवीहरुले आर्थिक सहयोग गर्नुभएको छ |

