काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले दुई सहकारीका सञ्चालकको बयान लिएको छ । सिंहदरबारमा बसेको समितिको बैठकले कुमारी सेभिङ एन्ड क्रेडिट कोअपरेटिभका सञ्चालक सूर्यध्वज न्यौपाने र सोसाइटल बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक रामचन्द्र शर्मासँग सोधपुछ गरेको हो । काठमाडौंको चाबहिलस्थित मित्रपार्कमा रहेको कुमारी सहकारी यसअघि समस्याग्रस्त घोषणा गरिएको थियो । सोसाइटल सहकारी छानबिन समितिको कार्यादेशको अनुसूचीको ११औँ नम्बरमा छ ।

