विजय भट्टराई | बिर्तामोड १ स्थित देवी पन्चकन्या टोल बिकास संस्थाले २०८२ सालको तीज बिशेष कार्यक्रम आयोजना गरि स्थानीय महिलाहरुलाई तीजको दर खुवाएको छ | श्री कैलासेश्वर मन्दिर प्राङ्गणमा आयोजित कार्यक्रममा बिभिन्न सामाजिक व्यक्तित्वहरुको समेत उल्लेख्य उपस्थिति रहेको थियो |
स्थानीय टोलबासी साहित्यकार भगवती ढुंगेलले संचालन गर्नुभएको औपचारिक कार्यक्रममा संस्थाका अध्यक्ष रमणदास सिटौला, किर्तनमण्डलीका अध्यक्ष मणिचन्द्र सापकोटा, नौमती बाजाकी अध्यक्ष दिलकुमारी थपलिया, डा. प्रमोद राय , डा. नबाब आलम लगायतले स्वागत मन्तब्य दिनुभएको थियो |
कार्यक्रममा बिभिन्न रमाइला खेलहरु हाँडी फुटाउने, म्युजिकल चियर, नृत्य प्रतियोगीता लगायतका मनोरञ्जनपूर्ण गतिविधिहरु समेत भएका थिए | मौलिक धर्मसंस्कृतिको जगेर्ना गर्दै परम्परा समेत जोगाएर नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्छ भन्ने अभिप्रायकासाथ आयोजना भएको उक्त कार्यक्रमा सहभागी हुन पाउँदा स्थानियबासीहरु हर्षित भएका छन् | संस्थाले आउँदा दिनहरुमा पनि बिभिन्न अवसर पारेर यस्तै कार्यक्रम निरन्तर गर्ने जनाएको छ |

