बिर्तामोड | झापाको कनकाई–४ मनोकामना टोलबाट प्रहरीले ६ राउण्ड गोली प्रहार गरी दुईजना भारतीय लागू औषध कारोबारीलाई नियन्त्रणमा लिएको छ । कनकाई नगरपालिका ४ मनोकामना टोलमा साँझ ५ः४० बजेको समयमा दुई जना भारतीयले लागू औषध लुकाएर राखेको भन्ने खबर पाएपछि वरिष्ठ प्रहरी नायव निरीक्षक राधाकृष्ण दाहालको नेतृत्वमा प्रहरीको टोलीले कारोबारीलाई पिछा गरेको थियो ।

त्यसक्रममा उनीहरू भागेपछि ६ राउन्ड चलाउनु परेको थियो । भाग्ने क्रममा भारत डिघलबैँक थाना वडा नम्बर ५ बिहार घर भएका २८ वर्षीय अन्जर आलमलाई गोली लागेको छ । उनको देब्रे खुट्टामा गोली लागेको छ भने उनका भाइ   १७ वर्षीय युसुव आलमलाई समेत प्रहरीले पक्राउ गरेको छ । उनीहरू भाग्ने क्रममा प्रहरीले गोली प्रहार गरेपसछि साथमा रहेको बिआर ३७ एए ८४९८ नम्बरको मोटरसाइकल र उनीहरूको साथमा रहेको अन्दाजी ३५ ग्राम ब्राउन सुगरसमेत प्रहरीले बरामद गरेको प्रहरीले जनाएको छ । घाइतेको बिर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय