विजय भट्टराई झापा | माघको पहिलो सातादेखि बढेको जाडोसँगै पछिल्लो दुइदिनदेखि चलेको शीतलहरले पूर्वको प्रमुख शहर बिर्तामोडको जनजीवन प्रभावित बनेको छ | दुईदिनदेखि मौषम धुम्म भएर घाम नदेखिएपछी दैनिक ज्यालामजदुरी गर्नेहरुदेखी नियमित कामकाजमा खटिनेहरुलाई सकस परेको हो | बाक्लो हुस्सु संगै सिमसिमे पानी परेजस्तो शीतलहर र चिसो हावाले बालबालिका, स्कुले विद्यार्थीहरु र वृद्धवृद्धाहरुलाई बढी सकस परेको छ | मौषम विभागका अनुसार तराइका जिल्लाहरुमा अझै केहिदिन मौषम प्रतिकुल हुने भएकाले थप जाडो बढ्ने संकेत समेत देखिएको छ |

