बिर्तामोड । चर्च ब्वाईज युनाइटेडले झापा कपको उपाधि जितेको छ ।

बिर्तामोडको डोमालाल राजवंशी रङ्गशालामा सोमबार भएको फाइनल खेलमा न्यूरोड टिम एनआरटीलाई चर्च ब्वाईजले ३-० गोलअन्तरले पराजित गरेको हो । चर्च ब्वाइजका लागि अर्मानले दुई तथा समिर तामाङले एक गोल गरे । एनआरटीका लागि कप्तान अञ्जन विष्टले गोल गरे । ८०औं मिनेटमा कप्तान विष्टले रातो कार्ड पाएपछि एनआरटी १० खेलाडीमा समेटिएको थियो ।

विजेता चर्च ब्वाइजले १० लाख रुपैयाँ प्राप्त गरेका छन् । उपविजेता एनआरटीले ५ लाख रुपैयाँ प्राप्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय