मकवानपुरमा गोठमा बाँधेको भैँसीले बाघ मारेको छ । गोठमा बाँधेको भैँसीलाई बाघले आक्रमण गरेकोमा भैँसीले प्रतिकार गर्दा बाघ मरेको हो ।

प्रहरीका अनुसार बाघ गोठमै मरेको हो । बिहीबार बिहान मकवानपुरको मनहरी गाउँपालिका- ६ का बलबहादुर राईको गोठमा बाँधेको भैँसीलाई बाघले आक्रमण गरेको थियो । त्यसपछि भैँसीले प्रतिकार गर्दा बाघ मरेको हो ।

बाघ र भैँसी जुधेपछि घरधनीका साथै उनका छिमेकीले थाहा पाएका थिए । उनीहरू गोठमा पुग्दा बाघ मरिसकेको र भैँसी घाइते अवस्थामा भेटिएको बताइएको छ ।

पर्सा वन्यजन्तु आरक्षको सुरक्षार्थ खटिएको नेपाली सेनाको टोलीले घटनाको अनुगमन गरेको छ । प्रहरीका अनुसार घटनाको थप अनुसन्धान सुरु गरिएको छ । मरेको बाघलाई चितवन राष्ट्रिय निकुञ्ज, कसरा लगिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय