स्टार फुटबलर किश्चियानो रोनाल्डोले युट्युब च्यानल खोलेका छन् । बुधबार ३९ वर्षीय रोनाल्डोले ‘योर क्रिश्चियानो’ (UR Cristiano) नामको आधिकारिक युट्युब च्यानल सञ्चालनमा ल्याएका हुन् । उनले च्यानल खोलेको ४८ घण्टामै १ करोड २० लाख बढी सब्सक्राइबर पुगेका छन् |

पोर्चुगलको राष्ट्रिय फुटबल टोली र साउदी अरेबियाको अल नासर फुटबल क्लबका कप्तान रहेका उनले युट्युब च्यानल नखोल्नु रहस्यको विषय भएको भन्दै चर्चा हुने गरेको थियो । विशेषगरी युट्युबमा ‘स्पोर्ट्स’ विधामा सबैभन्दा बढी हेरिएको भिडिओमा रोनाल्डोकै भिडिओ रहेको बताइन्छ । इन्टरनेटमा सबैभन्दा बढी खोजिने व्यक्ति भएकाले युट्युबले रोनाल्डोलाई पैसा दिन नसक्ने अफवाह समेत फैलिएको थियो । तर, रोनाल्डोले ढिलै भएपनि नयाँ परियोजनाका रूपमा युट्युब च्यानल सुरु गरेका छन् । “यो परियोजना सुरु गर्न पाउँदा म धेरै खुसी छु,” उनले भनेका छन्, “लामो समयदेखि यो परियोजना मेरो मष्तिष्कमा थियो । हामीले यसलाई वास्तविकतामा ल्याउने अवसर पाएका छौं ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय